बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवको समय तीन दिन थपेको छ। बैशाख २ गतेबाट १० गतेसम्म सञ्चालन हुने महोत्सव तीन दिन थप गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरिष प्रशाद जोशीले बताए।
पछिल्ला दिनहरुमा दर्शक बढदै गएकाले समय बढाउने निर्णय भएको जोशीले बताए। सुदूरपश्चिम प्रदेश भित्रका कलाकारलाई यो ८ दिनमा बिशेष अतिथी कलाकारको रुपमा बोलाइएको भएपनि अबका दिनमा भने चर्चीत कालाकारहरु आउने कार्यक्रमतय भएको उनले बताए।
बैशाख १० गते चर्चीत गायिका तथा मोडेल ज्योति मगर आउने भएकी छन्। भने ११ गते चक्र बम, १२ गते एलिना चौहान आउने छ भने १३ गते पल शाह ल्याउने बिषयमा छलफल जारी रहेको आयोजकले जनाएको छ।
महोत्सवमा देउडा गायक लालबहादुर थापा अछामी बडो,रेखा जोशी लगायतका कलाकारले आफ्नो प्रस्तुती राखिसकेका छन। महोत्सवमा भारतको कुमाउगडवालबाट मेलौली घर भएका नारायण सोराडीले कलाकारको टिम लिएका थिए।
उनलेहरले नेपाली र कुमाउनी भाषाका संगीतहरु राखेका थिए भने विभिन्न मोडलहरुले नृत्य प्रस्तुत गरेका थिए।










