spot_img

राष्ट्रपति रनिङ शिल्डमा पुर्चौडी पहिलो

- Advertisement -


बैतडी, बैशाख ६ गते । बैतडीको पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुर्चाैडी नगरपालिका प्रथम भएको छ।
पुर्चौडीस्थित कमल विशाल पार्क खेलमैदानमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण,१० रजत र ७ कास्य हात पार्दै पुर्चाैडी प्रथम भएकाे हाे ।
यस्तै ९ स्वर्ण, ३ रजत र १ कास्यसहित दाेगडाकेदार गाउँपालिका दाेस्राे भएकाे जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
गत वर्ष प्रथम भएको मेलाैली नगरपालिका भने ८ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त गर्दै यसपटक तेस्राे स्थानमा मात्रै प्राप्त गरेको छ । सान्त्वना स्थानमा चित्त बुझाएको सिगासले ७ स्वर्ण,६ रजत र ५ कास्य प्राप्त गरेको छ।
रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका टिमको सहभागीता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।
जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता वैेशाख ३ गतेदेखि सुरू भएको थियाे।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियोे ।
जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट गरिने जिल्ला खेलकुद समितिले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img