बैतडी, बैशाख ६ गते । बैतडीको पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुर्चाैडी नगरपालिका प्रथम भएको छ।
पुर्चौडीस्थित कमल विशाल पार्क खेलमैदानमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण,१० रजत र ७ कास्य हात पार्दै पुर्चाैडी प्रथम भएकाे हाे ।
यस्तै ९ स्वर्ण, ३ रजत र १ कास्यसहित दाेगडाकेदार गाउँपालिका दाेस्राे भएकाे जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
गत वर्ष प्रथम भएको मेलाैली नगरपालिका भने ८ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त गर्दै यसपटक तेस्राे स्थानमा मात्रै प्राप्त गरेको छ । सान्त्वना स्थानमा चित्त बुझाएको सिगासले ७ स्वर्ण,६ रजत र ५ कास्य प्राप्त गरेको छ।
रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका टिमको सहभागीता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।
जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता वैेशाख ३ गतेदेखि सुरू भएको थियाे।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियोे ।
जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रदेशस्तरीय रनिङ्ग शिल्डका लागि छनौट गरिने जिल्ला खेलकुद समितिले जनाएको छ।
राष्ट्रपति रनिङ शिल्डमा पुर्चौडी पहिलो
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









