२८,जेठ : आईसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ६ रनको जीत दर्ता गरेको हो । भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनालाई ठुलो चोट पुर्याएको छ ।
पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्ड विरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना भने जिवितै राख्ने छ ।
हार पछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । यो जित पछि भारतको दुइ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ । क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शुन्य अंकमा छन् ।
न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । एक समय ७२-२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।










