बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ। नगर प्रमुख पुष्कर राज जोशी “लख्खाभाइ”ले आफ्नो चुनावी नारामा प्रतिबद्धता पूरा गर्न नगर बस सञ्चालनमा ल्याउन लागेका हुन ।
बस चैत्र २४ गते विधिवत पुजाआजा गरि सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ। नगर बस संचालनमा आउने भएपछी नगरपालिका सम्म आवतजावत गर्ने सर्वसाधारणहरु लाई निकै सहज हुने अपेक्षा समेत गरिएको छ ।










