back to top
Home जीवनशैली महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक

0
91

काठमाडौं। महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक गरिएको छ। आज बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ।

महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरू लगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई सम्बद्ध तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here