केशवराज भट्ट
बैतडी चैत ३ गते । पुर्व परराष्ट्रमन्त्री एनपी साउदले शिक्षकका मागहरूलाई पूरा गर्न सम्बीधान संशोधन गर्न पर्ने बताउनु भएको छ ।
नेपाल शिक्षक संघ बैतडीको २२ औं जिल्ला प्रतिनिधिसभालाई सम्बोधन गर्न शनिबार बैतडी पुग्नुभएका उहाँले अहिले नेपालमा दुई तिहाईको सरकार भएकोले संबिधान संशोधन गेरेरै भए पनि शिक्षकका हक हितका मुद्दालाई सम्बोधन गर्न पर्ने बताउनुभयो । अहिले नेपालको राजनितीमा विभिन्न बैकल्पिक शक्तिहरु देखिन थालेकोले ठुला दलहरूले सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका साँउदले शिक्षकका हकहितका बिषयमा आफूले संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने सरकारले ध्यान दिनु पर्ने बताउनुभयो
आफुले शिक्षकहरुका जायज माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउने, शिक्षा क्षेत्रका समस्या समाधान गर्न सरकारले पनि गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै बैतडीको शिवनाथमा पुगेका पुर्व परराष्ट्रमन्त्री साउदले बैतडीको झुलाघाट पुल,पन्चेश्वरको झोलुङ्गे पुल र डडेल्धुराको शीर्षपुलको निर्माणका बिषयमा संसदमा छलफल भईरहेको बताउनुभयो । उहाँले सरकार पनि यस्मा गम्भीर भएकाले यो काम चाडै हुने बताउनुभयो।
यस्तै नेपाल शिक्षक महासंघको कार्यक्रममा बोल्दै बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले शिक्षकहरुले थालेको आन्दोलनलाई वर्तमान सरकारले सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै नेपाल शिक्षक संघको प्रतिनिधि सभामा विभिन्न संगठन परित्याग गरेर २५ जना शिक्षक नेपाल शिक्षक संघमा आवद्ध भएका नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताउनुभयो ।
नेपाल शिक्षक महासंघले थालेको आन्दोलनलाई समर्थन गर्दै शिक्षकहरुका मागलाई सम्बोधन गर्न सभाले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो।
शिक्षकका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक,पुर्व परराष्ट्रमन्त्री एन-पी साउद
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










