spot_img

छोरीसँगै८कक्षाको परीक्षा दिदै,पुर्चाैडीका सुरेन्द्र बोहरा

- Advertisement -

बैतडीको पुर्चाैडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिदैछन् । उनको उमेर ४६ बर्ष पुग्यो तर बोहरा छोरी डम्मरासँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागि भइरहेका छन् ।

पुर्चाैडी नगरपालिका-८मा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी कक्षा ८ को परीक्षा दिइरहेका डिलाशैनी माविका प्रद्यानाध्यापक बिरेन्द्र रतोकीले बताए । मल्लादेही विद्यालयको कक्षा ८को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको प्रद्यानाध्यापक रतोकीले बताए ।
सानो उमेरमा कक्षा ५ सम्म अध्यायन गरेका रतोकीले कक्षा ६ देखि डिलाशैनी माविमा छोरीसँगै पुनः अध्यायन सुरु गरेका प्रद्यानाध्यापक रतोकीले जानकारी दिए ।
बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रुपमा पनि कार्यरत छन् । नेपालको संविधानले कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गरेको र सोही लक्ष प्राप्तीका लागि भएपनि आफुले अध्यायन थालेको बोहराले बताए । “कक्षा ८ सम्मको शिक्षालाई सरकारले अनिवार्य शिक्षा भनेको छ, मैले पनि ८कक्षा सम्म पढ्नै पर्ने ठानेर बढेको हु,” बोहराले भने`।
बोहराको पढाईप्रतिको लगावले नयाँ पुस्तालाई प्रेरणा दिएको डिलाशैनी माविका प्रद्यानाध्यापक बिरेन्द्र रतोकीबताए । “उहाँको यो इच्छाशक्तिले हामी सबैलाई प्रेरणा मिल्छ,”प्रद्यानाध्यापक रतोकीले भने ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img