spot_img

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते

- Advertisement -

बैतडी, मंसिर १८ गते । बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।


बुधबार राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा जिपमा सवार सात जना घाइते भएका थिए । घाइतेमध्ये पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।


दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ का २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल र २४ वर्षीय करण सिंह मंगोलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


त्यस्तै, २२ वर्षीय सुनिल बस्केल र जिप चालक पञ्चेश्वर गाउँपालिका–२ महाकालीका ३६ वर्षीय सन्तोष राम लुहारको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्वदेही मेलौलीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको कमाण्डमा छ जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img