Home घटना नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष बडूलाई पितृशोक

नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष बडूलाई पितृशोक

0
3

बैतडी, साउन १७ गते । नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडूलाई पितृशोक परेको छ। उहाँका बुवा देवदत्त बडूको ७५ वर्षको उमेरमा शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएका बडूको उपचारका क्रममा निधन भएको जनाइएको छ।

देवदत्त बडूको निधनप्रति नेपाल पत्रकार महासंघसहित विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गरेका छन्। महासंघ तथा अन्य संस्थाले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

उनीहरूले शोकसन्तप्त अध्यक्ष नरी बडूसहित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here