Home मुख्य समाचार नगरबसबाट २८ बण्डल अवैध बिडी बरामद

नगरबसबाट २८ बण्डल अवैध बिडी बरामद

0
6

बैतडी, साउन १७ गते । बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालन गर्दै आएको नगरबसबाट २८ बण्डल अवैध बिडी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सतबाँझ–झुलाघाट रुटमा दैनिक सञ्चालन हुने नगरबसलाई गोठलापानीमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको २८ बण्डल बिडी फेला परेको हो।

प्रहरीले अवैध सामान ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नगरबसमा खानतलासी गर्दा उक्त बिडी बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बिडी भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।

बरामद गरिएको बिडीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी महाकाली भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले बेवारिसे अवस्थामा बिडी फेला परेकाले बरामद सामग्री नियन्त्रणमा लिए पनि नगरबसलाई भने छाडिएको जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here