spot_img

निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु

- Advertisement -

वाशुलिङ बैतडी, फागुन १८ गते । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सोमबार अपरान्ह भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।

दुर्घटनामा एक जना असईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । गाडीमा सवारमध्ये रामेछाप नगरपालिका –२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उहाँसहित ३ जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्।  उहाँका अनुसार घटना स्थलमै ज्यान गुमाउने नेपाल प्रहरीका असई आरपी यादव रहेका छन् । उहाँको ठेगाना भने खुल्न बाँकी छ । 

रामेछाप नगरपालिका –२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भिरबाट गाडी खसेको थियो । दुर्घटनाग्रस्त गाडी वडा २ स्थित शीतलादेवी मतदान केन्द्र तथा वडा ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदैगरेको अवस्थामा दुर्घटनाभएको हो । 

घटनास्थल अप्ठेरो र भिरालो भएकाले गाडीको नम्बरसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img