बैतडी, माघ
२९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्नया गाउँपालिका–४ का निवर्तमान वडा सभापति गणेश महरा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
सुर्नया–८ मा हिजो आयोजित कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चतुरबहादुर चन्द र जिल्ला कार्यसमितिका उपसभापति वीरबहादुर विष्टले टीका लगाएर महरालाई पार्टीमा स्वागत गर्नुभएको हो।
उक्त अवसरमा लालबहादुर बोहरा लगायतका केही व्यक्तिहरूले पनि पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको नेपाल विद्यार्थी संघ सुर्नया गाउँपालिका संयोजक जयन्तप्रसाद भट्टले जानकारी दिनुभयो।
यो संगै बैतडीमा कांग्रेसप्रति बढ्दो उत्साह देखिन थालेको छ।










