spot_img

बैतडीमा निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

- Advertisement -

बैतडी । बैतडीमा निर्वाचन सुरक्षाका लागि खटिएका एक प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार चन्द दशरथचन्द नगरपालिका–५ स्थित क्रिकेट खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर मङ्गलबार राति करिब ८ः३० बजे घर फर्कने क्रममा खरकटे सल्लेरी भिरबाट लडेका थिए। करिब २ सयदेखि २ सय ५० मिटर तल खसेको अनुमान गरिएको छ।

घटनापछि स्थानीय तथा प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल बैतडी पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर...

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img