spot_img

धनगढीबाट बैतडी आउँदै गरेको हाइस दुर्घटना हुदा, एकको मृत्यु ६ जना घाइते

- Advertisement -

बैतडी : भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका-२ मेलखोलामा हाइस दुर्घटना भएको छ। कैलालीको धनगढीबाट बैतडीको पुर्चौँडीतर्फ आउँदै गरेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस मङ्गलवार राती करिब ११ः३० बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका-४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अनियन्त्रित भएर भएको दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका-४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी र रहेका छन्।

यस्तै गाडीका चाल बैतडी पुर्चौँडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन्। घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img