बैतडीको सुर्नया गाउँपालिकाको दोस्रो गाउँसभा आज सम्पन्न भएको छ। विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको सभा अन्ततः सम्पन्न गरिएको हो ।
बैतडीको दशरथचन्द नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण र प्रवर्धन गर्ने उद्देश्यले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा स्थापना गरिएको उक्त प्रयोगशालाले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
बैतडीबाट प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद शिवराज भट्टलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ
बैतडीको पुर्चौडी नगरपालिकामा गुणस्तरीय इन्टरनेट सेवा अभाव हुँदा विद्यालय क्षेत्रमा प्रयोग हुने एकीकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। नेपाल टेलिकमको कमजोर फोरजी सेवाका कारण अधिकांश अनलाइन कार्य अवरुद्ध भएका छन्।
जिल्लास्थित सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ । सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याउन तयालिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै धमाधम भइरहेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
बैतडीको पाटन गाउँपालिका–४ बगाडिस्थित ऐतिहासिक शिवालय मन्दिर चन्दा सहयोगबाट पुनर्निर्माण गरिएको छ।
दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवका अवसरमा नं. ५१ गुल्म हे.क्वा. बैतडीले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।



















