देशभर जाडो मौसम तीव्र बन्दै जाँदा चिसोका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिकित्सकका अनुसार जाडोयाममा ब्याक्टेरिया र भाइरस बढी सक्रिय हुने भएकाले सरुवा तथा दीर्घ रोगका बिरामीको सङ्ख्या बढ्ने गरेको छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा दीर्घ रोगीहरू बढी जोखिममा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गत कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएपछि गाउँपालिकाको प्रशासनिक नेतृत्व रिक्त रहँदै आएको हो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच कार्य शुरु गरेको छ।
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।
बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रभित्र रहेका एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ।
बैतडीमा हाल कुल एक लाख ५६ हजार ३७२ मतदाता मध्ये ७८ हजार ९८७ पुरुष र ७७ हजार ३८३ महिला तथा २ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना कैदीबन्दी राजेश लुहार अझै फरार रहेका छन्।
नेकपा एमाले बैतडीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ।
रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा सहभागी बैतडीको मेलौली नगरपालिका–७ काँडाका करिब ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ।
बैतडीको पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला भेला सम्पन्न भएको छ।



















