बैतडी ।नेकपा एमाले बैतडीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ।
आइतबार बसेको जिल्ला कमिटी बैठकले भण्डारीलाई फागुन २१ गते हुने निर्वाचनका लागि सर्वसम्मत एकल रूपमा सिफारिस गरेको हो।
पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भण्डारी यसअघि २०७० को संविधान सभा तथा २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट विजयी भइसकेका छन्।








