बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो इन्फ्लुएञ्जा ‘बी’ भएको पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणबाट मौसमी फ्लु अन्तर्गतको इन्फ्लुएञ्जा ‘बी’ भाइरस देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
जिल्लाका विभिन्न विद्यालय, क्लब तथा आमा समूहहरूले सामूहिक रूपमा होली पर्व मनाउँदै आर्थिक संकलन गरेका छन्। संकलित रकम विद्यालय सञ्चालन तथा सामाजिक कार्यमा खर्च गरिने सम्बन्धित पक्षहरूले जनाएका छन्।
रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सोमबार अपरान्ह भएको दुर्घटनामा ६ जना घाइते भएका छन् ।
फागुन २१ नजिकिँदैजादा बैतडीमा चतुरबहादुर चन्दको पक्षमा चुनावी माहोल तीव्र बन्दै गएको छ।
फागुपूर्णिमा अर्थात् होली आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।
वाशुलिङ बैतडी | फागुन १७ गते । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ बैतडीमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक...
चुनावी प्रचार गर्ने समय छोटिँदै जाँदा र जिल्लाको भौगोलिक बनावट विकट रहेकाले उम्मेदवार तथा दलका नेता बिहानैदेखि बेलुकासम्म मतदातासँग भेटघाटमा जुटेका छन् ।
बैतडीमा चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको धनगढीमा उपचार भइरहेको छ ।
बैतडीमा चुनावी माहोल दिनप्रतिदिन तात्दैगएको छ ।
निर्वाचन आचारसंहिताको कार्यान्वयन कडाइका साथ गरिने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिको बैठकले आचारसंहिता विपरीतका गतिविधि दोहोरिए कानुनअनुसार कारबाही अघि बढाइने निर्णय गरेको हो ।