spot_img

बैतडीमा निर्वाचन आचारसंहिता र मिडियाको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

- Advertisement -

वाशुलिङ बैतडी | फागुन १७ गते । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ बैतडीमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रेस काउन्सिल नेपालको आयोजनामा तथा नेपाल पत्रकार महासंघ शाखा बैतडीको संयोजनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बैतडीका मुख्य निर्वाचन अधिकृत,
प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, प्रेस काउन्सिल नेपालका पदाधिकारी तथा जिल्लाका सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो।

स्वतन्त्र, निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारितामार्फत देश सशक्त बनाऔं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमको भूमिका, आचारसंहिताको प्रभावकारी कार्यान्वयन र जिम्मेवार पत्रकारिताबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा सूचना सम्प्रेषण अझै संवेदनशील हुने भएकाले सञ्चारकर्मीले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नु भएकोथियो।

निर्वाचन आचारसंहिताले सञ्चारमाध्यम र पत्रकारलाई पनि निश्चित मर्यादा र दायित्व निर्धारण गरेको उल्लेख गर्दै त्यसको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिइएको थियो।

अन्तरक्रियाका क्रममा प्रेस काउन्सिल नेपालका पदाधिकारीहरूले निर्वाचन आचारसंहिताका प्रावधानहरूबारे सहभागीहरूलाई सुसूचित गराउन भएकोयियो।

पत्रकारको क्षमता विकासका लागि काउन्सिल तयार रहेको प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य पदमराज जोशीले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार समाचार सम्प्रेषण गर्दा कुनै पनि दल वा उम्मेदवारप्रति पक्षपात नहुने गरी सन्तुलन कायम गर्नुपर्ने, अपुष्ट तथा भ्रामक सूचना प्रकाशन–प्रसारण नगर्नुपर्ने र सामाजिक सञ्जाल प्रयोगमा समेत सजगता अपनाउनुपर्ने विषयमा विशेष ध्यानाकर्षण गराउन भएकोथियो।

मुख्य निर्वाचन अधिकृत भट्टले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै सञ्चारमाध्यमले मतदातालाई सही सूचना दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।

पत्रकारिता राज्यका अंगहरुमध्ये एकप्रमुख अंग भएकोले जनता र सरकारलाई सही सुचाना प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

भट्टले भन्नुभयो निर्वाचनका समयमा दलहरूले पैसा बाड्ने तथा मतदाताहरुलाई भ्रमित गर्न सक्ने भएकाले आम मतदाताहरुले प्रभावित नभए स्वस्फूर्त रुपमा मतदान गर्नपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीले आसन्न निर्वाचनलाई मर्यादित,व्यवस्थित भयरहीत बाताबरणमा सम्पन्न गर्न हामी सवैको उत्तिकै भुमिका रहेको बताउनुभयो।

यस्तै सुरक्षा निकायका प्रमुखहरूले समेत निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइने पत्रकारलाई आवागमनमा सहजीकरण गर्ने र थप सुरक्षालाई चुस्त दुरुस्त बनाएको जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचनको समयमा देखिने व्यवहारिक चुनौती, सामाजिक सञ्जालबाट फैलिने अफवाह र तथ्यपरक समाचार संकलनका विषयमा आफ्ना जिज्ञासा तथा अनुभवहरू राख्नुभएको थियो ।

अन्त्यमा, आसन्न निर्वाचनलाई मर्यादित, स्वच्छ र विश्वसनीय बनाउन सञ्चारमाध्यम, प्रशासन र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img