क्रिकेटमार्फत देश चिनाएका चन्दप्रति, बैतडीबासिको बढ्दो जनविश्वास

- Advertisement -

केशव भट्ट, बैतडी । फागुन २१ नजिकिँदैजादा बैतडीमा चतुरबहादुर चन्दको पक्षमा चुनावी माहोल तीव्र बन्दै गएको छ । लामो राजनीतिक अनुभव, स्वच्छ छवि र नेतृत्व क्षमताका कारण चन्दको जिल्लाभरिका जनसमुदायमा चर्चा भइरहेका छ् ।

नेपाली कांग्रेस बैतडीका सभापति समेत रहनुभएका चन्द हाल नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष हुन्। क्रिकेटको नेतृत्व सम्हाल्दै उनले राष्ट्रिय खेलकुदको प्रतिष्ठा र समन्वय स्थापित गरेको अनुभवले उनलाई चुनावी मैदानमा समेत बलियो उम्मेदवार बनाएको छ।

समर्थकहरूका अनुसार, क्यानलाई असहज परिस्थितिबाट पुनः एकताबद्ध बनाउनु, नेपाल प्रिमियर लिग एनपिएल सञ्चालनमा अग्रसर हुनु चन्दको संयम र समन्वय क्षमताको प्रत्यक्ष प्रमाण बताइन्छ । राजनीतिमा शिक्षक पृष्ठभूमिबाट उदाएका चन्दले स्थानीय जनभावना बुझ्ने र सबै पक्षसँग संवाद गर्न सक्ने क्षमता विकास गरेका छन्।

उनी जेनजीदेखि जेष्ठ नागरिकसम्म सबैसँग प्रत्यक्ष सम्पर्क कायम राख्दै आएका छन्। जिल्ला भूगोल, बस्ती र सामाजिक विविधताको गहिरो ज्ञानका कारण उनी जनतासँग नजिक देखिएका छन्।
चन्द सहिद दशरथचन्दको परिवारसँग सम्बन्धित हुनुहुन्छ। चार दशकअघिका दशरथचन्द एकेडेमी स्थापना देखि लिएर राष्ट्रिय क्रिकेट संरचनासम्मको यात्रा उनले नेतृत्व गर्दै आएका छन्। यसले उनलाई जिल्लाको स्वाभिमान र पहिचानसँग जोड्ने बलियो पृष्ठभूमि दिएको छ।

उच्च जनाधार र व्यापक सामाजिक पहुँचका कारण चन्दले बैतडीको समग्र विकासमा ठोस योगदान दिन सक्ने दाबी गरेका छन्। उनले जनतासँग संवादमा आधारित नेतृत्वको महत्व बताउँदै, सबै पक्षलाई समेट्ने, सबैको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने नेतृत्‍व चाहिन्छ ,भनी मतदाता माझ प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको संगठनात्मक एकढिक्का र घरदैलो अभियानको प्रभावले चन्दलाई जितको नजिक पुर्‍याएको छ। समर्थकहरूको विश्वास र जनलहरसँगै उनको उम्मेदवारीले बैतडीको राजनीतिक र सामाजिक माहोलमा एक गतिशीलता थपेको छ।

चन्दले मतदातालाई रूख चिन्हमा मतदान गर्न आह्वान गर्दै भने—यो निर्वाचन केवल राजनीतिक संख्या मात्र होइन, हाम्रो स्वाभिमान र पहिचानको परीक्षा पनि हो। हामी सबै मिलेर बैतडीको भविष्य निर्माण गर्न सक्ने नेतृत्‍व चयन गरौँ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश