spot_img

बैतडीमा रास्वपा र एमालेका कार्यकर्ता बिच झडप

- Advertisement -

तीन घाइते, दुई धनगढी रिफर

बैतडी, फागुन १४ गते । बैतडीमा चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको धनगढीमा उपचार भइरहेको छ ।

डिलाशैनी गाउँपालिका–७ को लेक टोलमा बुधबार बेलुकी घरदैलो अभियानका क्रममा दुवै पक्षबीच विवाद चर्किँदा झडप भएको हो । झडपमा एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन् । उनीहरू दुवै डिलाशैनी–७ का बासिन्दा हुन् ।

घाइते धामी लाई सुरुमा गोकुलेश्वर अस्पतालमा सामान्य उपचार गरिएको थियो । अवस्था जटिल देखिएपछि थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल मा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

यस्तै, झडपमा सामान्य घाइते भएका रास्वपा समर्थक ४० वर्षीय लालबहादुर धामी उपचारपछि डिस्चार्ज भएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नियन्त्रणमा लिइएका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

चुनाव नजिकिँदै जाँदा दुई प्रमुख दलका कार्यकर्ताबीच झडप भएपछि जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

झडप पछि दुवै दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन् । साथै, घटना हुनुमा एकअर्कालाई दोषारोपण गरेका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img