प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले ६७७ मत ल्याएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जिल्ला अदालतको भवनमा सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले दिउँसो १ बजेदेखि मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले तोकेको समय अनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । जिल्लामा हालसम्म ७३ हजार १४८ मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । जसमध्ये ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा मतदान शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भई जारी रहेको छ। जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो।
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो।
बैतडीमा एमालेका उम्मेदवार र कार्यकर्तासँग मिलेर कांग्रेसका मतदातालाई नगद दिएर भोट माग्दै गरेका एक व्यक्ति निर्वाचन प्रशिक्षण सामग्री र नगदसहित पक्राउ परेका छन् ।
बैतडीमा नगद रकम र निर्वाचनसम्बन्धी प्रशिक्षण सामग्रीसहित एक जना पक्राउ परेका छन् ।
भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका एक अस्थायीसहित २ सय १५ वटै मतदान केन्द्रमा मतपत्र तथा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा बुधबार सर्वदलीय बैठक सम्पन्न भएको छ ।


















