केशवराज भट्ट, वाशुलिङ्ग,बैतडी, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले ६७७ मत ल्याएका छन्।
हालसम्म २हजार २सय ६६ मत गणना हुँदा भण्डारीले ३८ मतले अग्रता लिनुभएको छ।
उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ६३९ मतसहित पछ्याइरहनुभएको छ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार दामोदर भण्डारीले ५२६मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले २१७ मत ल्याउनुभएको छ।
यस्तै राप्रपाका उमेदवार,भुपेन बहादुर चन्दले २५ मत प्राप्त गरेका छन् भने १६५ मत बदर भएका छन्।
जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ।










