spot_img

बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण सम्पन्न

- Advertisement -

केशवराज भट्ट, बैतडी, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा मतदान शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो।

जिल्लाका दुई सय १५ वटै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो।

आज रातिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने योजना रहेको उहाँले बताउनुभयो।
सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मात्रै मतगणना कार्य सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो।

मतगणनाका लागि जिल्ला अदालतको भवनलाई मतगणनास्थल बनाइएको उहाँले बताउनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img