spot_img

बैतडीमा नगद रकम र निर्वाचनसम्बन्धी सामग्रीसहित एक जना पक्राउ

- Advertisement -

बैतडी । बैतडीमा नगद रकम र निर्वाचनसम्बन्धी प्रशिक्षण सामग्रीसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले सोही ठाउँका ५२ वर्षीय भानदेव भट्टलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नगद ७९ हजार पाँच सय रुपैयाँ र निर्वाचन प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । निर्वाचनको मौन अवधिमा नगद रकम र नमूना मतपत्रसहित फेला परेपछि भट्टलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाइएको छ ।

पक्राउ परेका भट्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा भट्टले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको बताएका छन् । प्रहरी निरीक्षक सिंहले भन्नुभयो, “सशस्त्र प्रहरीको गस्ती टोलीले भट्टलाई नगद र निर्वाचन प्रशिक्षण सामग्रीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गरिरहेका छौँ ।

उता नेपाली कांग्रेस बैतडीले भने भानदेव भट्टसहितका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्तासँग मिलेर मतदातालाई रकम वितरण गरेको भन्ने सूचना प्राप्त भएकाले निगरानी गरिदिन स्थानीय प्रशासनलाई पत्र पठाएको जनाएको छ । भट्ट कांग्रेसकै विपक्षमा लागेको भन्दै निगरानीका लागि पत्राचार गरिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img