back to top
Home मुख्य समाचार डिलासैनी गाउँपालिकामा ई–हाजिरी प्रणाली लागू

डिलासैनी गाउँपालिकामा ई–हाजिरी प्रणाली लागू

0
78

बैतडी, चैत १० गते । बैतडीको डिलासैनी गाउँपालिकाले कर्मचारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ई–हाजिरी प्रणाली लागू गरेको छ। परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई विस्थापित गर्दै गाउँपालिकाले सुशासन, पारदर्शिता तथा आधुनिक प्रविधिको प्रयोग सुदृढ बनाउन डिजिटल हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदका अनुसार अब गाउँपालिकाका सबै कर्मचारीले अनिवार्य रूपमा ई–हाजिरी प्रणालीमार्फत हाजिरी जनाउनुपर्नेछ। उक्त प्रणालीले कर्मचारीको कार्यालयमा प्रवेशदेखि बिदा हुने समयसम्मको सम्पूर्ण विवरण स्वचालित रूपमा अभिलेख गर्ने भएकाले कार्यसम्पादनमा जिम्मेवारी, अनुशासन र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

उनले ई–हाजिरी प्रणालीले कर्मचारी व्यवस्थापनलाई थप प्रभावकारी र पारदर्शी बनाउने विश्वास व्यक्त गरे। हाल गाउँपालिका कार्यालयबाट सुरु गरिएको उक्त प्रणाली यही महिनाभित्र सबै वडा कार्यालयहरूमा पनि विस्तार गरिने प्रमुख प्रशासकीय अधिकृत साउँदले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here