back to top
Home जीवनशैली निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा सुर्नयामा फेरि आन्दोलनको संकेत

निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा सुर्नयामा फेरि आन्दोलनको संकेत

0
180

बैतडीको सुर्नया गाउँपालिकामा रहेका जेन्जी समूहले पाँच महिनाअघि कार्यपालिकाबाट गरिएका निर्णयहरू हालसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ। समूहले आइतबार गाउँपालिकालाई पत्र लेख्दै ती निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको हो।

समूहका अगुवा विशाल भट्टका अनुसार सहमति कार्यान्वयन नभए यही चैत ११ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरिनेछ। उनले निर्णय कार्यान्वयन नगरे उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने बताए।

समूहले ३९ दिनसम्म गरेको तालाबन्दीपछि भएको सहमतिअनुसार गाउँ कार्यपालिकाले ११ बुँदे निर्णय गरेको थियो। तर ती निर्णयहरू कार्यान्वयन हुन नसकेको मात्र होइन, पछिल्ला बैठकहरूबाट केही निर्णय उल्ट्याउने प्रयाससमेत गरिएको आरोप समूहले लगाएको छ।

समूहका अनुसार कार्यक्रम फेजआउट भएका कर्मचारीलाई पुस मसान्तसम्म हटाउने निर्णय गरिए पनि पछिल्लो बैठकबाट पुनः नियुक्ति थप्ने निर्णय गरिएको छ, जसले सहमति विपरीत काम भएको देखाएको उनीहरूको भनाइ छ।

युवाका क्षेत्रमा बजेट विनियोजन गर्ने, खेलमैदान निर्माण गर्ने तथा नेपाल सरकारबाट तलब नपाएका करारका कर्मचारीलाई हटाउने लगायतका निर्णय कार्यपालिकाबाट गरिए पनि ती हालसम्म कार्यान्वयन हुन नसकेको समूहले जनाएको छ।

कार्यपालिका बैठक चैत ९ गते बस्ने तय भएपछि समूहले पुनः ध्यानाकर्षण गराएको युवा हरिष कुँवरले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले उक्त पत्र प्रशासन शाखामार्फत कार्यपालिकामा पेश गर्न तोक लगाएको बताइएको छ।

समूहले आफ्नो आन्दोलन दबाबमूलक भए पनि सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा रहेको उल्लेख गर्दै गाउँपालिकावासीलाई सहयोग गर्न अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here