back to top
Home मनाेरञ्जन चैते दसैं सुरु : आज घटस्थापना, बिहान ७:५१ मा शुभ साइत

चैते दसैं सुरु : आज घटस्थापना, बिहान ७:५१ मा शुभ साइत

0
147

चैत्र ५ गते । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दसैं (चैत्र नवरात्र) सुरु भएको छ। नवरात्रको पहिलो दिन आज देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ७ः५१ बजे घटस्थापनाको शुभ साइत रहेको छ। सो समयमा उत्तर फर्केर घटस्थापना गर्न उत्तम मानिएको जनाइएको छ।

बैतडीसहित देशका विभिन्न जिल्लामा रहेका मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरू पूजाआराधनामा जुटेका छन्। घटस्थापनासँगै सुरु हुने नवरात्र अवधिभर नवदुर्गा देवीको विशेष पूजा गरिने धार्मिक परम्परा छ।

घटस्थापनाको अवसरमा देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। शास्त्रीय मान्यताअनुसार वर्षमा चार पटक नवरात्र पर्ने भए पनि चैत्र नवरात्रलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here