spot_img

आज सुदूरपश्चिम सहित देशका छ प्रदेशमा वर्षासँगै हिमपातको सम्भावना

- Advertisement -

चैत ५गते । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने देखिएको छ ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा वर्षा हुनेछ । यस्तै, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित असिना पानी पर्ने सम्भावना छ । कोसी र बागमती प्रदेशका पहाडी भूभागका साथै सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ । विभागले राति पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी क्षेत्रमा बदली रहने र केही स्थानमा असिना पानी पर्न सक्ने बताएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img