spot_img

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना, वैशाख २ देखि दोस्रो आर्थिक गणना सुरु हुने

- Advertisement -


केशवराज भट्ट, बैतडी । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। गोठालापानी बजार नजिकै कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिनुभयो।

कार्यालय स्थापना भइसकेको र यस महिनाभित्र आवश्यक आन्तरिक तयारी पूरा गरिने उहाँको भनाइ छ। कर्मचारी छनोट प्रक्रिया सम्पन्न भएपछि खटाइने जनशक्तिलाई आवश्यक प्रशिक्षण दिइनेछ। प्रशिक्षणपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म गणनाका लागि कर्मचारीहरू कार्य क्षेत्रमा परिचालन गरिने अधिकारी गिरीले बताउनुभयो।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नारासहित वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुँदैछ। गणनाका लागि बैतडीमा १६ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिने जनाइएको छ।

यस गणनामार्फत आर्थिक गतिविधिसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ। उद्योग–व्यवसायबाट भएको उत्पादन, रोजगारीको अवस्था, लगानी, सेवा क्षेत्रको स्थिति लगायतका विषय समेटिने कार्यालयले जनाएको छ। साथै उद्योग, व्यापार, सहकारी तथा निजी र सार्वजनिक संस्थाहरूको संख्या, प्रकार र सेवा प्रवाहसम्बन्धी तथ्यांक पनि संकलन गरिने बताइएको

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img