spot_img

कांग्रेस बैतडीद्वारा चुनावी समीक्षा बैठक गर्न आग्रह

- Advertisement -

केशव भट्ट, बैतडी, फागुन २९ । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न जिल्ला अन्तर्गतका सबै तहका समितिलाई समीक्षा बैठक गर्न आग्रह गरेको छ।

जिल्ला कार्यसमिति बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत प्रदान गरी पार्टीप्रति विश्वास व्यक्त गर्ने आम मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचनपछिको समग्र अवस्थाको समीक्षा गर्न आग्रह गरेको हो।

जिल्ला कार्यसमितिका सचिव देव राज जोशी र प्रेम बहादुर चन्द द्वारा जारी सूचनामा निर्वाचन प्रचारप्रसारका क्रममा सक्रिय भूमिका निर्वाह गर्ने नेता–कार्यकर्ता तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएर मतदान गरेका मतदाताप्रति धन्यवाद ज्ञापन गर्दै पार्टीले अब निर्वाचनपछिको समीक्षा गर्न आवश्यक रहेको जनाएको छ।

जिल्ला कार्यसमितिले जिल्लाका १० वटा पालिका कार्यसमिति र ८४ वटा वडा कार्यसमितिलाई आ–आफ्नो तहमा अनिवार्य रूपमा समीक्षा बैठक बोलाउन आग्रह गरेको छ।

सो बैठकबाट आगामी रणनीति, निर्वाचनका क्रममा भएका गतिविधि तथा नेता–कार्यकर्ताको भूमिकालगायत विषयमा छलफल गरी निर्णयसहितको प्रतिवेदन चैत महिनाको अन्तिमसम्म जिल्ला कार्यसमितिमा पेश गर्न पनि अनुरोध गरिएको छ।

जिल्ला कार्यसमितिका अनुसार समीक्षा बैठकबाट प्राप्त सुझावका आधारमा आगामी राजनीतिक रणनीति तय गरिने जनाइएको छ

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img