spot_img

बैतडीबाट कांग्रेस उम्मेदवार चन्दले बुझाए चुनावी खर्च विवरण, करिब ३३ लाख खर्च

- Advertisement -

केशव भट्ट, बैतडी।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको छ।

उहाँले निर्वाचन प्रचार–प्रसार तथा विभिन्न गतिविधिमा ३२ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको हो। उक्त विवरण जिल्ला निर्वाचन कार्यालय बैतडीमा बुझाइएको बताइएको छ।

खर्च विवरणअनुसार सवारी साधन व्यवस्थापनमा ३ लाख २० हजार, मतदाता प्रशिक्षण कार्यक्रममा ८ लाख ८५ हजार, वडास्तरीय प्रचारप्रसारमा ३ लाख ७५ हजार, सामाजिक सञ्जाल तथा सञ्चारमा १ लाख ७५ हजार खर्च गरिएको उल्लेख छ।

यस्तै सम्पर्क कार्यालय स्थापना गर्न ४ लाख ७५ हजार, स्टेशनरी सामग्रीमा २ लाख ६५ हजार, प्रचार सामग्री तयारीमा ४ लाख ५० हजार तथा नमूना मतपत्र छपाइमा २ लाख ७५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ। उम्मेदवार मनोनयन दर्ताका लागि १० हजार र खाना व्यवस्थापनमा ६५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार उम्मेदवारहरूलाई आम्दानी तथा खर्चको विवरण बुझाउन कार्यालयले सूचना जारी गरेको थियो। हालसम्म भने कांग्रेस उम्मेदवार चन्दले मात्रै खर्च विवरण पेश गरेको जानकारी दिइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था छ। यस निर्वाचनमा बैतडीबाट ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img