केशव भट्ट,, बैतडी, फागुन २६गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
गएराति सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीमा रास्वपाले प्रत्यक्षतर्फ प्राप्त मतभन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ।
यस्तै नेकपा (एमाले)ले १६ हजार ४९ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याउनुभएको थियो।
समानुपातिकतर्फ नेपाली कांग्रेस १५ हजार ९ सय ७ मतसहित तेस्रो स्थानमा रहेको छ। प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभएको थियो।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ हजार ३३५ मत पाएको छ। प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याउनुभएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत ल्याउनुभएको थियो।
बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन्। यसअनुसार ६८ हजार १८२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।










