back to top
Home माैषम तथा जलवायु पश्चिमी वायुको प्रभाव: देशका विभिन्न क्षेत्रमा बदली, पहाडी भूभागमा वर्षा र हिमपातको...

पश्चिमी वायुको प्रभाव: देशका विभिन्न क्षेत्रमा बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

0
131

फागुन २७ गते । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा सक्रिय उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न स्थानमा बदलीको अवस्था देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ। अन्य स्थानमा भने आंशिक बदली रहेको जनाइएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।

यस्तै आज राति पनि गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here