spot_img

प्रतिनिधिसभा निर्वाचन : बैतडीमा सात उम्मेदवारको जमानत जफत

- Advertisement -


केशव भट्ट,बैतडी, फागुन २५ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि एक स्वतन्त्रसहित सात उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवर, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आम जनता पार्टीका बिसनसिंह बोहरा, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय तथा स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको जमानत जफत भएको हो।

मतपरिणामअनुसार चन्दले दुई हजार ६८१ मत, कुँवरले २९९ मत, भण्डारी र कोइरालाले समान ९४/९४ मत, बोहराले ८२ मत, पाण्डेयले ७८ मत तथा पन्तले १८ मत प्राप्त गरेका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो। तीमध्ये ६७ हजार ७३० मत सदर भएको सूचना अधिकारी दयालले जानकारी दिनुभयो। प्रचलित कानुनी व्यवस्थाअनुसार खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ।

यसैबीच, आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img