spot_img

बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै

- Advertisement -

केशवराज भट्ट, वाशुलिङ्ग,बैतडी, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले ४३५७मत ल्याएका छन्।

हालसम्म १४हजार ४सय ४९मत गणना हुँदा भण्डारीले ७१२ मतले अग्रता लिनुभएको छ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३६४५ मतसहित पछ्याइरहनुभएको छ।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार दामोदर भण्डारीले ३०७७ मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले १९३०मत ल्याउनुभएको छ।
यस्तै राप्रपाका उमेदवार,भुपेन बहादुर चन्दले ३५२ भने गुलाब चिन्हबाट ,राम बहादुर कुँवरले १००मत प्राप्त गरेका छन् । यस्तै ९२९ मत बदर भएका छन्।

जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img