spot_img

रास्वपाले गर्यो शक्ति प्रदर्शन, झुलाघाटसम्म र्याली

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीमा राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत परिवर्तनको सन्देश दिँदै जिल्लाका विभिन्न बजार क्षेत्रमा र्यालीसहित कोणसभा गरेको छ।

जिल्लाको सिल्लेगडा, सतबाँझ, देहीमाण्डौं, गोठलापानी हुँदै झुलाघाटसम्म पुगेको र्यालीमा सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको पार्टीले जनाएको छ। राजमार्ग आसपासका बजार क्षेत्रलाई लक्षित गर्दै गरिएको शक्ति प्रदर्शनमार्फत रास्वपाले चुनावी अभियानलाई थप तीव्र बनाएको छ।

कोणसभालाई सम्बोधन गर्दै प्रत्यक्षतर्फका उम्मेदवार हरिमोहन भण्डारी र समानुपातिक उम्मेदवार हरिश भट्टले विगतका सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै “यो पटक मत परिवर्तन गर्नुपर्ने” सन्देश दिएका छन्। नागरिकको अपेक्षा अनुसार काम हुन नसकेको दाबी गर्दै उनीहरुले नयाँ विकल्प रोज्न मतदातासमक्ष अपिल गरेका हुन्।

रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीका अनुसार र्यालीमा स्वस्फूर्त र उत्साहजनक सहभागिता देखिएको थियो। निर्वाचन मिति नजिकिँदै जाँदा पार्टीले गाउँ–गाउँ र बजार क्षेत्रमा प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको उनले बताए।

बैतडीमा बढ्दो चुनावी चहलपहलबीच रास्वपाको यो र्यालीलाई मत परिवर्तनको अभियानका रूपमा हेरिएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने पार्टीको तयारी रहेको जनाइएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img