बैतडीको मेलौलीमा एमालेका दर्जनौँ नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

- Advertisement -

बैतडी। बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेका दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आज आयोजित कांग्रेसको चुनावी आमसभामा उनीहरू औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेको वडा सभापति प्रेम बहादुर चन्दले जानकारी दिए।

उनका अनुसार स्थानीय तहको २०४९ सालको निर्वाचनमा तत्कालीन महारुद्र गाविस–२ का वडा अध्यक्ष निर्वाचित भएका सुन्दर दयालसहित नगर कमिटी उपाध्यक्ष परमानन्द पन्त, वीर पन्त, रघु पोखरेल, बिमला पन्त, विस्ना पन्त लगायतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेका हुन्।

नवप्रवेशीलाई कांग्रेसका नेताहरूले भव्य स्वागत गरेका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चतुर बहादुर चन्द, कांग्रेस बैतडीका उपसभापति वीर बहादुर बिष्ट, सचिव प्रेम बहादुर चन्द र मेलौली नगर सभापति प्रमानन्द भट्टलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

नेताहरूले नवप्रवेशीलाई खादा र टीका लगाएर स्वागत गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकजुट भएर लाग्न आह्वान गरेका थिए।

यसैबीच, चुनाव लक्षित अभियान अन्तर्गत कांग्रेस बैतडी अहिले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। गाउँ–टोलमा मतदाता भेटघाट, छलफल तथा प्रतिबद्धता सार्वजनिक गर्दै कांग्रेसले आफ्नो चुनावी अभियानलाई थप सक्रिय बनाएको जनाएको छ।

मेलौली–५ मा एमालेका प्रभावशाली व्यक्तिहरू कांग्रेस प्रवेश गरेपछि स्थानीय राजनीतिक माहोल थप तातेको छ। आगामी निर्वाचनमा यसको प्रभाव कस्तो रहनेछ भन्ने चासो बढेको छ।

यस्तै बिहिवार र शुक्रवार पनि शिबनाथ गाउँपलिकाका भिभिन्न वडाबाट एमाले र नेपाल कम्युनिष्ट पार्टीत्याग गरि दर्जनौं नेता,कर्याकर्ताले कंग्रेसमा प्रवेश गरेको कंग्रेसका सचिव प्रेमबहादुर चन्दले जानकारी दिएका छन्।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश