spot_img

बैतडीमा कांग्रेस–नेकपा त्याग गर्दै,सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

- Advertisement -


बैतडी,
बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरू पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।


नेकपाका केन्द्रीय सदस्यद्वय दलबहादुर धामी र दीपेन्द्र कुँवर तथा कांग्रेसका प्रदेश कमिटी सदस्य जनक बिष्टसहितका नेताहरू एमालेमा समाहित भएको जनाइएको छ। उनीहरूसँगै दुवै पार्टीका स्थानीय तहका नेता–कार्यकर्ता समेत एमाले प्रवेश गरेको दाबी गरिएको छ।


एमालेका अनुसार कांग्रेस र नेकपाबाट गरी कुल २१४ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। तर, हालसम्म १६२ जनाको मात्र नाम सार्वजनिक गरिएको बताइएको छ। बाँकी नामावली छिट्टै सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ।


स्थानीय राजनीतिक वृत्तमा यो घटनालाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ। एमालेले यसलाई संगठन विस्तार र जनसमर्थन वृद्धि भएको दाबी गरेको छ भने अन्य दलका तर्फबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img