spot_img

यस कारण दिने चतुर बहादुर चन्द लाई भोट

- Advertisement -

बैतडी, फागुन ९ गते ।

बैतडीमा चतुर बहादुर चन्द प्रति बढ्दो आकर्षण
निर्वाचन नजिकिँदै जाँदा बैतडीको राजनीतिक माहोलमा एक नाम विशेष रूपमा चर्चामा छ, जो हो चतुर बहादुर चन्द। खेलकुद क्षेत्रबाट स्थापित पहिचान बोकेका उनी यसपटक प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा मतदातामाझ पुगेका छन्।

नेपाली कांग्रेस बैतडीले चन्दको नेतृत्वमा घरदैलो भेटघाट अभियानलाई तीव्र बनाएको छ। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, गुनासा र सुझाव संकलन तथा विकासका प्राथमिकता पहिचान गर्ने कार्य भइरहेको पार्टीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो।

चन्दको सहिद भूमिबाट सुरु भएको यात्रा : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी सहिद दशरथ चन्द को जन्म भूमि हो। उनकै नाममा तीन दशकअघि स्थापना भएको दशरथ चन्द एकेडेमीले जिल्लामा क्रिकेट विकासको आधार तयार गरेको मानिन्छ।

उक्त एकेडेमीका संस्थापक अध्यक्षसमेत रहेका चन्दले जिल्ला क्रिकेट सङ्घ गठन, उमेर समूहका प्रतियोगिता सञ्चालन र क्लब दर्ता प्रक्रियालाई व्यवस्थित गर्दै काम अगाडि बढाएका थिए।
भौगोलिक विकटता हुँदाहुँदै पनि बैतडीमा क्रिकेटप्रतिको आकर्षण बढ्दै जानुमा त्यही आधार महत्वपूर्ण रहेको स्थानीय खेलकर्मीहरूको भनाइ छ।

जिल्ला देखि केन्द्रीय नेतृत्व सम्म : चन्द हाल नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष छन्। जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसम्मको यात्रामा उनले विभिन्न चुनौतीको सामना गरेका थिए। तथापि, संस्थागत संरचना बलियो बनाउने र राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने दिशामा उनले निरन्तर पहल गरेका छन्।उनकै कार्यकालमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएको विश्लेषण गरिन्छ। अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा प्रतियोगिताप्रति बढ्दो जनचासोले क्रिकेट क्षेत्रलाई व्यापक चर्चा दिलाएको छ। पहिलो संस्करणमा विश्व क्रिकेटका हस्ती Brian Lara को नेपाल आगमनले समेत अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको थियो।

सुदूरपश्चिममा क्रिकेट विस्तार: सुदूरपश्चिमका आठ जिल्लामा क्रिकेट सङ्घलाई आधिकारिकता दिलाउने र क्षेत्रीय संरचना विस्तार गर्ने पहल चन्दकै नेतृत्वमा भएको दसरथचन्द नगरपालिका ५ का स्थानीय सहदेव भट्टले जानकारी दिनुभयो ।
विकास क्षेत्र रहँदा खेलाडीले बाहिरी जिल्लामा पुगेर खेल्नुपर्ने बाध्यता अन्त्य गर्दै क्षेत्र नम्बर ६ बैतडी स्थापना गर्नु सुदूरपश्चिमको क्रिकेट इतिहासमा महत्वपूर्ण मानिएको भट्टले बताउनुभयो ।हाल बैतडी र महेन्द्रनगर क्षेत्रबाट राष्ट्रिय टोलीसम्म खेलाडीको उपस्थिति बढ्नुले सुदूरपश्चिम क्रिकेटको उर्बरभूमि बनेको स्थानीयहरुले दाबी गरेका छन्।

चुनावी एजेन्डा र अपेक्षा : खेलकुद क्षेत्रमा देखिएको व्यवस्थापन क्षमता र संस्थागत अनुभवलाई राजनीतिमा रूपान्तरण गर्ने उद्देश्यसहित चन्द यतिबेला मतदातामाझ पुगेका छन् ।समर्थकहरूले खेलकूद, पर्यटन, युवा रोजगारी, खेल पूर्वाधार र शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारको सम्भावना प्रस्तुत गरिरहेका छन्।
यद्यपि, मतदाताको चासो सडक, कृषि, रोजगारी र आधारभूत सेवा विस्तारतर्फ पनि उत्तिकै केन्द्रित छ। तर,घरदैलो अभियानमार्फत ती अपेक्षालाई सम्बोधन गर्ने प्रयास भइरहेको पार्टीको दाबी छ।

निर्वाचनको अन्तिम निर्णय भने मतदाताको मतबाट हुनेछ। खेल क्षेत्रबाट स्थापित पहिचान बोकेका चन्दप्रति बैतडीमा बढ्दो आकर्षण कत्तिको मतमा रूपान्तरण हुन्छ, त्यो भने आगामी निर्वाचनले तय गर्नेछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img