spot_img

बैतडीमा निर्वाचन आचारसंहिता पालनाबारे छलफल

- Advertisement -

केशवराज भट्ट वाशुलिङ्ग, बैतडी माघ १९ गते ।बैतडीमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न छलफल कार्यक्रम सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार आयोजित छलफलमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

छलफलमा सहभागी उम्मेदवार तथा दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन भइरहेको भन्दै निगरानी कडा बनाउनुपर्नेमा जोड दिनुभयो।

सामाजिक सञ्जालको दुरुपयोग, शिक्षक–कर्मचारीको प्रचारप्रसारमा संलग्नता तथा चुनावी खर्चसम्बन्धी विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले आचारसंहिता पालन गर्नु सबैको कर्तव्य भएको स्पष्ट पार्दै उल्लङ्घन भए कानुनअनुसार कारबाही हुने बताउनभयो।

जिल्ला निर्वाचन कार्यालय र प्रशासनले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बैतडीमा प्रतिनिधिसभा सदस्य पदका लागि एक स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् भने हाल उनीहरू घरदैलो अभियानमा व्यस्त रहेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिँदै कृषि टोली

0
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img