spot_img

वासुदेव माविको ७६औँ वार्षिकोत्सव सम्पन्न

- Advertisement -

केशव भट्ट, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा अवस्थित वासुदेव माध्यमिक विद्यालयको ७६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर चन्दको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुवर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीतबहादुर पाण्डेले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै २ करोड ७८ लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

हाल विद्यालयमा १६५ छात्रा र १९५ छात्र गरी जम्मा ३६० जना विद्यार्थी अध्ययनरत छन्। त्यसैगरी, विद्यालयमा प्रावि, निमावि र मावि तहमा गरी जम्मा २१जना शिक्षक–शिक्षिका कार्यरत रहेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img