spot_img

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १४ सयबढी कर्मचारी खठाइने

- Advertisement -

केशव भट्ट बैतडी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चारसय बढी कर्मचारी खटाइने भएका छन । दुइ सय १४ मतदान केन्द्रका लागि एक हजार ४ सय ४२ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट बिवरण माग भैइरहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो ।केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।

एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् ।

५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ८ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा ७ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

सुरक्षाका दृष्टिले बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन्। जिल्लाका १ सय २९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएका जिल्ला सुरक्षा समितिले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img