spot_img

बैतडीमा कुष्ठरोगका बिरामीको संख्या घट्दै

- Advertisement -

बैतडी – पछिल्लो समय बैतडी जिल्लामा कुष्ठरोगका बिरामीको संख्या घट्दै गएको देखिएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्ला तीन आर्थिक वर्षको अवधिमा जिल्लामा जम्मा १६ जनामा कुष्ठरोग पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै १० जनामा कुष्ठरोग देखिएको थियो । त्यसपछि २०८१/८२ मा ३ जना र २०८२/८३ मा पनि ३ जनामा मात्र कुष्ठरोग पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत खगेन्द्र सिँह कार्कीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार नियमित खोजपड्ताल, समयमै उपचार र समुदायस्तरको जनचेतनाका कारण कुष्ठरोगका नयाँ बिरामीको संख्या घट्दै गएको बताइएको छ । यसले जिल्लामा कुष्ठरोग नियन्त्रणतर्फ सकारात्मक सुधार देखिएको संकेत गरेको छ । कुष्ठरोग पहिचान भएलगत्तै निःशुल्क उपचार उपलब्ध गराइँदै आएको छ, जसले रोगको संक्रमण फैलिन नदिने काम गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिँह महराले बताए ।

उनका अनुसार कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग भए पनि सामाजिक भ्रम, लाज र डरका कारण कतिपय बिरामी समयमै स्वास्थ्य संस्थामा नआउने समस्या अझै पनि रहेको बताइएको छ । नेपाल सरकारको कुष्ठरोग निवारण कार्यक्रम अनुसार समुदायस्तरमै स्वास्थ्यकर्मी परिचालन गरी सक्रिय खोज अभियान सञ्चालन गरिएपछि कुष्ठरोगका बिरामी घट्न थालेका बताइएको छ ।

जिल्लामा कुष्ठरोग न्यूनीकरणका लागि निरन्तर निगरानी, जनचेतना अभिवृद्धि र निःशुल्क औषधि उपलब्ध गराइँदै आएको बताइएको छ ।स्वास्थ्यकर्मीहरूले कुष्ठरोग चाँडै पहिचान गरी उपचार सुरु गर्न सके अपांगता र दीर्घकालीन समस्या रोक्न सकिने भन्दै छालामा दाग देखिने, नसासम्बन्धी समस्या आउने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील बि कले बताए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img