spot_img

बैतडीमा उम्मेदवारविरुद्ध उजुरी परेन

- Advertisement -

वाशुलिङ बैतडी, माघ ७ गते — बैतडीमा मंगलबार उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको छ। उम्मेदवारविरुद्ध उजुरी दिनका लागि तोकिएको समयसीमाभित्र बुधबार दिउँसो ३ बजेसम्म कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिनुभयो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्नेहरूमा नेकपा (एमाले)बाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी रहेका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा र श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेयका साथै जयप्रकाश पन्त र तेजबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको थियाे ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img