बैतडीबाट कांग्रेसका चतुरबहादुर चन्दको उम्मेदवारी दर्ता

- Advertisement -


बैतडी : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहेका चन्दले मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


आठ वर्षपछि नेपाली कांग्रेस बैतडीमा प्रत्यक्ष रूपमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता नरबहादुर चन्दले रुख चिन्हबाट उम्मेदवारी दिएका थिए ।


त्यसपछि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्दै माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवँरका पक्षमा मतदान गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेको थियो ।
यसपटक भने नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका चन्दले पार्टीको तर्फबाट उम्मेदवारी पाएसँगै बैतडीको निर्वाचन राजनीतिक रूपमा चासोको विषय बनेको छ ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश