spot_img

बैतडीमा पनि भूकम्प सुरक्षा दिवस मनाइयो

- Advertisement -

बैतडी । बैतडीमा २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको हो।

दिवसको अवसरमा गोठलापानी बजारबाट गढीसम्म प्लेकार्डसहितको र्याली निकालिएको थियो। र्यालीपछि गढी चोकमा आयोजित कोणसभामा भूकम्पको जोखिम, पूर्वतयारी र सुरक्षित संरचनाको महत्वबारे जानकारी दिइएको थियो।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले भूकम्पका बेला अपनाउनुपर्ने सुरक्षा उपायबारे सचेतनामूलक नमूना अभ्यास समेत प्रदर्शन गरेको छ। उक्त कार्यक्रमले सर्वसाधारणमा विपद्‌को समयमा कसरी सुरक्षित रहने भन्ने सन्देश प्रवाह गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो।

वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा वि.सं. २०५५ सालदेखि हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। सो दिन दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ रेक्टर स्केलको भूकम्पले मुलुकमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

विज्ञहरूले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना मात्र होइन, भूकम्प प्रतिरोधी संरचना निर्माण र प्रभावकारी पूर्वतयारी अपरिहार्य रहेको भन्दै यसमा सबै तहको सहकार्य आवश्यक रहेको बताएका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img