spot_img

बैतडीको दशरथचन्द नगरपालिकाको नगर सभा सम्पन्न

- Advertisement -

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगर सभा आज सम्पन्न भएको छ ।

नगर सभाको आठौं अधिवेशनले विभिन्न कार्यविधि र निर्णयहरु पारित गरेको नगरपालिकाले जनाएको छ।

नगर सभाले बालबालिकाको पोषण सुधार कार्यविधि–२०८२, दशरथचन्द नगरपालिकाको नगरस्तरीय कृषि कार्यक्रम सञ्चालन कार्यविधि–२०८२, दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि–२०८२, दलित सञ्जाल गठन र सञ्चालन कार्यविधि–२०८२, दशरथचन्द नगरपालिकाको झुसे दमाईँ छात्रवृति वितरण कार्यविधि–२०८२ र दशरथचन्द नगरपालिकाको सहकारी नियमावली–२०८२ पारित गरेको बताएको छ।

नगर सभाले चालु आर्थिक बर्षमा अहिलेसम्म गरेका कामहरुको बारेमा समीक्षा गरेको नगर प्रमुख पुष्करराज जोशीले जानकारी दिनुभयो ।

यस्तै सभाले केही योजनाहरुको नाम र बजेट संशोधन गरेको छ भने केही योजनाहरुमा रकमान्तर समेत गरेको नगरपालिकाले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img