बैतडी ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले परमानन्द भट्टलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
यसअघि नरेन्द्र कुँवर (विजयसुन्दर) र परमानन्द भट्ट दुवैलाई सिफारिस गरिएको भए पनि कुँवरले आफ्नो नाम फिर्ता लिँदै भट्टलाई समर्थन गरेपछि उनलाई एकल सिफारिस गरिएको हो।
वामपन्थी आन्दोलनका अग्रज नेता भट्टले बैतडीमा कम्युनिष्ट विचारधाराको सुरुवात र संगठन निर्माणमा लामो योगदान दिएको जनाउँदै कुँवरले पूर्ण समर्थन गर्ने निर्णय गरेको बताएका छन्।










