बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको जिल्ला अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन हुनुभएको छ ।
आइतबार बैतडी सदरमुकाममा सम्पन्न भएको जिल्ला भेलाले भट्टको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । उक्त समितिको उपाध्यक्षमा अम्बिका भण्डारी चयन हुनुभएको छ ।
अन्य पदाधिकारी भने कार्यसमितिमा चयन भएका सदस्यहरूमध्येबाटै टुंगो लगाइने अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
राप्रपाले जिल्लाका १० वटै स्थानीय तह तथा दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।
चार वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएपछि अध्यक्ष भट्टले पार्टीको संगठन विस्तार र मजबुतीकरणमा विशेष ध्यान दिने बताउनुभयो ।










